Blog Image
Educational

नेपालमा करिब ७० प्रतिशत मानिसहरु हड्डीको समस्याबाट ग्रसित छन् : डा.सन्तोस बस्याल

24th April, 2025

Nepal News Bank

वास्तवमा कुनै न कुनै तत्वको कमीको कारणले हड्डी खिइने हुन्छ । भिटामिन ‘डि’ थ्री, भिटामिन ‘ई’ क्याल्सियस, मिनरल्सहरु शरीरमा कम भयो भने समस्या हुन्छ । प्रत्येक दिन घामको आवश्यकता हुन्छ । त्यसैले घरहरु घाम नलाग्ने ठाउँमा वा काममा व्यस्त भएको भएपनि समय मिलाएर घाममा बस्नुपर्छ ।

डा.सन्तोस बस्याल, अर्थोपेडिक तथा स्पाइन सर्जन

लामो समय कुर्सीमा बसेर काम गर्दा हाडजोर्नीका समस्याहरु देखापर्छन् M

नेपालमा करिब ७० प्रतिशत मानिसहरु हड्डीको समस्याबाट ग्रसित छन् M

हाडजोर्नीको असाधारण अवस्थामा आफ्‌नै रगतबाट औषधि बनाएर दिन्छौं M

हाडजोर्नी एवम मेरुदण्ड सम्बन्धि विभिन्न समस्याहरु हुन्छन् । दुखाई हुने पनि विभिन्न कारणहरु छन् । युवा, बृद्ध र बालबालिकाहरुमा   छुट्टा छ्ट्टै समस्याहरु हुन्छन् । दैनिक जीवनशैली, खानपानका कारण समस्याहरु फरक फरक देखिन्छन्  । जंकफुट बढि खानेहरुका लागि हाडजोर्नीका सोही किसिमका समस्याहरु आउँछन् । अरु पनि  कारणहरु हुन्छन् । कुनै किसिमको संक्रमण, चोटपटकले पनि समस्याहरु निम्त्याउँछ ।

मुख्यकुरा हामीले पोस्सस्‌मा लामो समय बसेका छौ भने मेरुदण्डलाई सिधा राखेको छौ कि छैन वा हामी धेरै झुकेर काम गरिरहेका छौ भनेपनि घाटीमा दुखाई हुनसक्छ । धेरै तलमाथि हिंड्दा पनि समस्या आउन सक्छ । यस्ता समस्याबाट बच्न धेरै समेत सचेत हुनुपर्छ । गलत बसाई, गलत खानापानमा सचेत हुनुपर्छ । कति खाना चाहिने हो भनेर अर्थोपेडिकसँग सल्लाह गर्न सकिन्छ । लामो समय निहुँरिएर बाइक चलाउँदा ढाडमा समस्या आउन सक्छ । त्यसलाई कम गर्नपर्छ । खानपिनमा उमेर अनुसार कति क्यालोरी सोही अनुसार खानुपर्छ । 

युवालाई १५०० देखि २५०० सम्म क्यालोरी चाइन्छ । महिला वा गर्भवतीका लागि फरक हुन्छ । कति क्यालोरी चाइन्छ भनेर छुट्टाएपछि कार्बोहाइड्रेट र सुगरलाई कन्ट्रोल गर्नुपर्ने हुन्छ । प्रोटिन, कार्बोहाइड्रेट, मिनरल्स, माइक्रो मिनरल्सहरु खाना र खाजामा मिलाउन सके राम्रो हुन्छ । जङफुड लामो समय स्टोर भएकाले कार्बोनेट पेय प्रदार्थहरुलाई बेवास्था गर्नुपर्छ । हामी प्रकृतिबाट टाढा हुदैछौं, जनावरहरु प्रकृतिसँगै छन् । हामी छुट्टै बसेका छौ प्रकृतिबाट बाहिर भएको कारणले पनि प्रकृतिसँग समय बिताउनुपर्छ । हिड्ने, शारीरिक व्ययाम गर्ने, पौडिने गर्नुपर्छ । रुटिन बनाएर यि अभ्यासहरु गर्नुपर्छ । यसो गर्दा हाम्रो शरीर प्राकृतिक रुपमा जाने र सन्तुलनमा रहने गर्छ । दैनिक ८ घण्टा कुर्सीमा बसेर काम गर्दा प्रत्येक एक घण्टा उठेर पाँच मिनेट कार्यलयमै घुमेर बस्न सकिन्छ । लामो समय एउटै कुर्सीमा काम गरियो भने पहिला कुर्सीलाई मोडिफाइ गर्नुपर्छ । बसाईलाई व्यवस्थापन गर्नसक्नुपर्छ । कुर्सी परिवर्तन गर्न सकिएन भने पिल्लोहरुको प्रयोग गर्नुपर्छ । कम्युटरमा काम गर्दा घाँटी तल झुक्यो भने टेबुल माथि गरेर काम गर्न सकिन्छ ।

वास्तवमा कुनै न कुनै तत्वको कमीको कारणले हड्डी खिइने हुन्छ । भिटामिन ‘डि’ थ्री, भिटामिन ‘ई’ क्याल्सियस, मिनरल्सहरु शरीरमा कम भयो भने समस्या हुन्छ । प्रत्येक दिन घामको आवश्यकता हुन्छ । त्यसैले घरहरु घाम नलाग्ने ठाउँमा वा काममा व्यस्त भएको भएपनि समय मिलाएर घाममा बस्नुपर्छ । घाम एक्सपोज भइसके पछाडि सर्टेन थिङ्गसहरु हाम्रो शरीरमा जेनरेट हुन्छ । यो पार्टहरु हामीले  मिनिमाइज गरेका छैन भने र्याल पदार्थ कम हुँदै जान्छ । त्यसपछि चाँही प्रत्येक सरफेसमा डिजनेसन हुँदै क्यान्टिलेजहरु खिइँदै गएर हामीलाई दुख्न जान्छ । तर त्यसलाई हामीले रि जेनरेट गर्ने मेकानिकल पावर पनि हुन्छ जसमा अलरेडि नै डिजिड भैइसकेको छ भने पनि हामीसँग एनआइएचएसमा हाम्रो रि जेनरेटिभ उपचार सुरु गरेका छौं । त्यसलाई  प्लाजमा पिआरपि ट्रीटमेंट भन्छौं । त्यसमा आफ्‌नो रगत निकालेर फेरी रि जेनरेट गरेर स्पेसिभ पार्टमा हाल्दाखेरी क्यान्टिलेजहरु ड्यामिज स्टेकचर रि जेनरेट हुन सक्छ । हड्डिको समस्याहरु त जन्मिदा नै हुन्छ धेरैलाई । किनभने कुनै बच्चा जन्मिदा खुट्टाहरु बाङ्गो भएर पनि जन्मिएका हुन्छन् । ब्रेनमा अक्सिजनहरु नपुगेर हड्डिको समस्या हुन्छ । त्यसको सर्जिकल ट्रीटमेंट हुन्छ । नन सर्जिकल ट्रीटमेंट पनि हुन्छ ।

यौन उमेरमा धेरै तनाव हुन्छ । सबै कुराहरु चिप गर्नुपर्ने हुन्छ । गुड फूड र स्लिप पनि भएन भने यौन उमेरमा धेरै पेनहरु हुने गर्दछ । त्यसबाट बनोलाइफिट भएको पाइन्छ । बच्चाको लागि पनि एउटै खाना र अरु ठूलो उमेर समूहको लागि पनि एउटै खाना हुँदा पनि बनोलाइफिटको समस्या देखिन्छ । फरक खानाहरु घरमा एज गु्रपको लागि बनायौं भने समस्याबाट मुक्त हुन्छौं ।

प्यारालाइसिस हुने धेरै कारणहरु छन् । जसमा धेरै ट्राफिक दुर्घटनामा परेर पनि प्यारालाइसिस हुने गरेको छ । प्यारालाइसिस भइसकेपछि देखाउनुभयो भने लामो समयको फिजियोथेरापिको सहायताले विस्तारै प्रोगेसिभ भएको देखेका छौं । 

सरकारले हड्डिको रोगहरु भएका मानिसहरुको संख्या राख्यो भने ७० देखी ८० प्रतिशत मान्छेहरु हड्डि दुख्नेबाटै समस्यामा छन् । हड्डिमा समस्या देखियो भने डाइटमा मोटिफाई गर्ने गर्नुपर्छ । आफ्‌नो तौल बढी छ भने घटाउने र यसको लागि फिजियोथेरापी डाक्टरको सहायता लिनु पर्दछ ।  धेरै नै हड्डि दुख्ने छ भने सर्जिकल र ननसर्जिकल उपचार हुन सक्छ । यसमा धेरै एक्ससाइज गर्नुपर्ने हुन्छ । डाक्टरले एक्ससाइजहरु सिकाएको हुन्छ त्यसलाई फलो गरेर प्रत्येक दिन गर्नुपर्ने हुन्छ ।  त्यसरी नै हामीले ट्रीटमेंटलाई क्याटगोरी वाइज गर्न सकिन्छ । कुनै  दुर्घटना भएर हड्डि नै टुक्रियो भने के मा फ्याक्चर भयो त्यो ट्रमा सिरिजमार्फत एक्सरे गरेर पूरै हेर्नुपर्छ । यदी डिसप्ले छैन भने प्लास्टर गरेर ट्रीटमेंट गर्न सकिन्छ । कुनै चाँही डिसप्लेस भैइसकेको छ भने त्यसलाई हामीले अपरेटिभ नगरीकन हड्डिलाई तानेर आफ्‌नो ठाउँमा समेत ल्याउन सकिन्छ ।

 हड्डि काटेर मात्रै मिल्ने पनि हुन्छ त्यस्तो अवस्थामा मसलसहरु आएर बसिदिएको हुन्छ त्यसमा हामीले छुट्याउनुपर्ने हुन्छ । त्यस्तोबेला प्लेटहरु र वायरहरु पनि हुन्छ । त्यहि प्रयोग गरी ट्रीटमेंट गर्ने गर्छौं । हातमा छ भने वायरको टुप्पो बाहिर नै हुन्छ । सर्जरीको रुपमा लानु नपर्न नि सक्छ । त्यसलाई माइनरओटीमै निकाल्न सकिन्छ । यदि सानो हड्डि हो भने ईन्फेकसन भएको छ भने अलिकति पानी र रगत आइराख्यो भने त्यसले हड्डिलाई डिस्ट्रे गरिराखेको हुन्छ । यस्तो हुँदा हड्डिको ब्लड हुने क्यापासिटी हुन्छ त्यो बाहिर गएको हुन्छ । त्यस्तो अवस्थामा पुरै काम नगरेको अवस्था हुन्छ । होल्डबडी चेकअपमा हड्डि पर्दैन । हड्डि नदुख्दासम्म बिरामी नै आउनु हुन्न । 

रगतबाट पनि केही डिजिजहरु छन् । जस्तो आर्थराइटिजहरु हुन्छ । त्यसमा पनि धेरैवटा वोनहरुमा हाजोर्निहरुमा समस्या हुन सक्छन् । त्यसैले हामीले ब्लड पारामिटरहरु हेर्ने र रोक्न सक्छौं । खासगरी भिटामिन डि क्याल्सियमहरु धेरै कम भएको देखिन्छ । त्यसलाई मात्र हामीले ख्याल राख्यौं समस्याहरुको रोकथाम गर्न सक्छौं । चेतनामुलक कार्यक्रमहरु, भिडियोहरु, पहलयुक्त संगठनहरु इन्फेक्सनहरुमा काम गरेको छ । बच्चामा काम गरेको छ । र वोनमा काम गर्ने संस्था संगठन कम नै भेटिन्छ । एनजिओ, आइएनजिओहरु सायद वोनमा मसल्सहरुमा काम गर्ने संस्था नेपालमा कम नै छैन् । 

अन्य कुराहरु क्यानसरहरु जस्तै धेरैमा त भएको छ वोनमा भएको छैन् । वोनहरु जोइन राम्रो भएन भने केही पनि कामहरु हामीले गर्न सकिँदैन् । त्यसैले पनि त्यो एकदमै महत्वपूर्ण अंग हो । अब सायद धेरै वटा संगठनहरुले यो क्षेत्रमा पनि काम गर्नुपर्छ कि भन्ने मैले देखेको छु । 

अहिले विश्वमा धेरै वटा यस्तो संस्थाहरु पनि छन् । स्कोलियोसिससोसाइटी भनेर पनि छन् । नेपालमा पनि स्कोलियोसिस जागरुकता दिन भनेर प्रत्येक वर्ष पनि मनाउँछौं । जन्मजात रुपमा नै यसको कारणहरु अहिलेसम्म पत्ता लागेकामा चाँही इन्डोपेटिक कारण नै भन्छौं । विस्तारै बढ्दै गइसकेपछि अनि कुनै खेलहरु खेल्न गएपछि विस्तारै एङगलहरु परिवर्तन भएको पाइन्छ तर शारीरिक रुपमा बाहिर हेर्दा देखिँर्दैन् । बच्चाले मलाई दुख्यो भनेपछि एक्सरे गरेपछि बाङगेको देखिन्छ । यसमा केही सुत्रहरु छ । विरामीलाई धेरै दुखाई छ । एङगलहरु ४५ भन्दा बढि नै छ । उसको पोजेज साधारण देखिदैन् । अलि कुप्रेको देखिन्छ । अरु नर्मल बच्चाबच्ची भन्दा फरक देखिन्छ । एउटा स्वास्थ्य अवस्था अर्को शारीरिक रुप जसलाई पनि राम्रो देखिन मन हुन्छ ।  त्यसैले यदी ४५ डिग्रिभन्दा बढि छ भने त्यसको उपचार पनि हुन्छ । त्यसको लागि केही समय पर्खनुपर्छ । किशोर अवस्था पार गरेपछि अथवा किशोर अवस्थाको बीचमा हामीले सर्जरी गरेर पनि ठिक गर्न सकिन्छ । 

एनआईएचएसमा पनि हामीले खासगरी निवारक रुपमा नै काम गरिरहेको छौं । कुनै हाडजोर्नीको असाधारण अवस्थामा लिएर आउनुभयो भने आफ्‌नै रगत निकालेर रगतबाट औषधि बनाएर दिन्छौं । त्यसको केही फर्मुलाहरु हुन्छ ,त्यो गरिसकेपछि कुनै टिस्यूजहरु ड्यामेज भएको छ भने पुनःउत्पन्न गर्न सहयोग पुर्याउछ । त्यो सँग मेडिकेसन पनि हुन्छ । भिडामिन डि थ्रिजहरु हुन्छ । त्यो सँगसँगै प्रयोग गराइन्छ । जसमा सर्जरीमा जानुपरेन । हामीले अल्ट्रासाउन्ड मार्फत हेरेर हामीले उपचार गर्न सक्छौं । त्यो गर्यो भने,अझ लामो समय स्वस्थ रहन सकिन्छ । हड्डी मेरुदण्ड स्वास्थ्य भनेको एकदमै महत्वपूर्ण हुन्छ । पहिलाको बुढाबुढिहरुको खानपिन हेर्ने हो भने ,पूरै फरक पाईन्छ हाम्रो जस्तो फुडहरु हुँदैन् । प्रोटियुक्त खाना खाएर मेनटेन गरेको हुन्छन् ।

विशेषगरी वोन हेल्थको लागि विशेष शिक्षा,तनाबहरु,सुताईहरु सबैमा अध्ययन गरेर जसले यो क्षेत्रमा काम गर्छन् । उनीहरुसँगै बसेर सहकार्य गरेर प्रोटोकल बनायौं भने पक्कै पनि हाम्रो देशमा जतिपनि समस्या छ । समाधान पनि गर्न सक्छौं । रोकथाम पनि गर्न सक्छौं । हाम्रो नेपालमा अनुसन्धानको काम चाँही धेरै कम हुन्छ । धेरै देशहरुमा गएर पढे मैले सबैभन्दा पहिला अनुसन्धान नै हुन्छ । डाटा वेसमा हुन्छ । यदी हामीले गरेको सबै काम डाटा वेसमा राख्न सक्यो भने अनुसन्धान हुन्छ । अनुसन्धानले भावि पुस्ताको लागि हाम्रो औषधि के हो ? रोकथाम के हो ?भन्ने कुरामा सहज गराउन सक्छौं ।

Emergency Call Icon

Emergency Cases

Please feel welcome to contact our friendly reception staff with any general or medical enquiry call us.

9801875757

NIHS Logo

NIHS Clinic, located in Kathmandu, Nepal, is a leading healthcare facility offering a wide range of multispecialty services. Our clinic is dedicated to providing comprehensive medical care with a focus on patient-centered treatment. From general consultations to specialized care in various medical fields, we combine modern technology with expert medical professionals to ensure the highest quality of care for our patients.

Quick Contacts

If you have any questions or need help, feel free to contact with our team.

9801875750

Bishwojyoti Mall, Jamal, Kathmandu, Nepal

© 2024 All Rights Reserved. With Love by NIHS. Powered By Slashplus Pvt Ltd Last Updated on 05/12/2025