13th May, 2025
NIHS
Kathmandu – Dr. Akanand Singh is a senior liver transplant surgeon affiliated with KIST Medical College and Teaching Hospital in Gwarko, and also serves as a consultant general and hepatobiliary surgeon at Grande International Hospital. He has been instrumental in pioneering liver transplantation in Nepal. kistmcth.edu.np In a recent conversation, Dr. Singh highlighted that approximately 80% of liver patients suffer due to alcohol consumption. He stated, "Hepatitis B and C can also cause liver issues. However, maintaining a proper diet helps. One must consume protein-rich foods. Once cirrhosis has occurred, alcohol must be strictly avoided." Edited Excerpts from the Interview:What types of liver problems are common, and when is liver surgery necessary?Liver issues vary, but only a few cases require surgery. Many people misunderstand the term "fatty liver" when it's mentioned in ultrasound reports. If not managed early, fatty liver can progress to fibrosis or cirrhosis. Controlling liver cirrhosis is crucial, as its progression can lead to complete liver failure, necessitating a liver transplant. Other liver diseases, such as tumors, may also require surgery. Early-stage liver problems often go unnoticed and are typically detected in advanced stages. Regular check-ups, including liver function tests and abdominal ultrasounds, are essential for early detection. Symptoms like jaundice, weakness, or abdominal fluid accumulation may indicate late-stage liver disease. How can one identify the early symptoms of liver cirrhosis?Liver cirrhosis involves the hardening of the liver. Initially, fatty liver leads to slight hardness, progressing to significant stiffness in cirrhosis. In Nepal, the primary cause of cirrhosis is alcohol consumption. However, dietary habits and body composition also contribute. The progression from normal liver to fibrosis and then to cirrhosis underscores the importance of early intervention. How does liver cancer develop?Approximately 80% of liver cancer cases occur in individuals with cirrhosis. While liver cancer can develop without cirrhosis, it's less common. Preventing the progression of cirrhosis is vital. Regular check-ups with liver specialists are recommended. Early detection is crucial, as treatment options become limited in advanced stages. What factors are most harmful to the liver, and what dietary considerations should be made?Alcohol is the most detrimental to liver health, accounting for about 80% of liver disease cases. Hepatitis B and C are also significant contributors. Maintaining a balanced diet is essential. Consuming protein-rich foods and avoiding harmful substances can help preserve liver function. Once cirrhosis is diagnosed, alcohol must be completely avoided. What is the current state of liver transplantation in Nepal?Liver transplantation becomes necessary when cirrhosis progresses beyond control or in certain cancer cases. In Nepal, living donor liver transplantation is common, requiring donors to be close relatives, as per the Human Organ Transplantation Act. The first liver transplant in Nepal was performed in 2016. Currently, three institutions, including the Human Organ Transplant Center in Bhaktapur, Teaching Hospital, and KIST Medical College, are actively conducting liver transplants. What surgical methods are used for liver transplantation in Nepal?Globally, 99% of liver transplants are performed using open surgery, which involves removing the damaged liver and replacing it with a healthy one from a donor. In Nepal, living donor transplants are prevalent, while other countries also utilize organs from brain-dead donors. Minimally invasive techniques, such as laparoscopic surgery, are emerging but are less common. Since the first liver transplant in 1960, the procedure has evolved significantly, with Nepal achieving a success rate comparable to international standards. What are the costs associated with liver transplantation in Nepal?Liver transplantation in Nepal is among the most affordable globally. The cost of 20 transplants in Nepal is equivalent to a single transplant in the USA. This affordability is due to lower manpower costs and minimal profit margins in private hospitals. However, the procedure remains expensive compared to other treatments, with total costs, including donor and patient expenses, ranging from NPR 3 to 3.5 million. What precautions should liver transplant patients take post-surgery?Post-transplant, patients receive immunosuppressive medications to prevent organ rejection, which can increase susceptibility to infections. Gradually, the body adapts to the new liver, but daily medication is essential. Patients with conditions like high blood sugar may require lifelong medication. Regular exercise and a healthy lifestyle are also crucial for recovery. Any final thoughts on liver transplantation?Liver transplantation has been practiced in Nepal for 8-9 years, with outcomes comparable to those in India. Many are unaware that such advanced procedures are available in Nepal at a lower cost. Donors undergo thorough testing to ensure their safety, and the liver regenerates within 1 to 1.5 months post-donation. To date, over 50 liver transplants have been performed without complications for donors. Donors do not require long-term follow-up and can maintain a normal lifestyle post-surgery....
24th April, 2025
Nepal News Bank
वास्तवमा कुनै न कुनै तत्वको कमीको कारणले हड्डी खिइने हुन्छ । भिटामिन ‘डि’ थ्री, भिटामिन ‘ई’ क्याल्सियस, मिनरल्सहरु शरीरमा कम भयो भने समस्या हुन्छ । प्रत्येक दिन घामको आवश्यकता हुन्छ । त्यसैले घरहरु घाम नलाग्ने ठाउँमा वा काममा व्यस्त भएको भएपनि समय मिलाएर घाममा बस्नुपर्छ ।डा.सन्तोस बस्याल, अर्थोपेडिक तथा स्पाइन सर्जनलामो समय कुर्सीमा बसेर काम गर्दा हाडजोर्नीका समस्याहरु देखापर्छन् Mनेपालमा करिब ७० प्रतिशत मानिसहरु हड्डीको समस्याबाट ग्रसित छन् Mहाडजोर्नीको असाधारण अवस्थामा आफ्नै रगतबाट औषधि बनाएर दिन्छौं Mहाडजोर्नी एवम मेरुदण्ड सम्बन्धि विभिन्न समस्याहरु हुन्छन् । दुखाई हुने पनि विभिन्न कारणहरु छन् । युवा, बृद्ध र बालबालिकाहरुमा छुट्टा छ्ट्टै समस्याहरु हुन्छन् । दैनिक जीवनशैली, खानपानका कारण समस्याहरु फरक फरक देखिन्छन् । जंकफुट बढि खानेहरुका लागि हाडजोर्नीका सोही किसिमका समस्याहरु आउँछन् । अरु पनि कारणहरु हुन्छन् । कुनै किसिमको संक्रमण, चोटपटकले पनि समस्याहरु निम्त्याउँछ ।मुख्यकुरा हामीले पोस्सस्मा लामो समय बसेका छौ भने मेरुदण्डलाई सिधा राखेको छौ कि छैन वा हामी धेरै झुकेर काम गरिरहेका छौ भनेपनि घाटीमा दुखाई हुनसक्छ । धेरै तलमाथि हिंड्दा पनि समस्या आउन सक्छ । यस्ता समस्याबाट बच्न धेरै समेत सचेत हुनुपर्छ । गलत बसाई, गलत खानापानमा सचेत हुनुपर्छ । कति खाना चाहिने हो भनेर अर्थोपेडिकसँग सल्लाह गर्न सकिन्छ । लामो समय निहुँरिएर बाइक चलाउँदा ढाडमा समस्या आउन सक्छ । त्यसलाई कम गर्नपर्छ । खानपिनमा उमेर अनुसार कति क्यालोरी सोही अनुसार खानुपर्छ । युवालाई १५०० देखि २५०० सम्म क्यालोरी चाइन्छ । महिला वा गर्भवतीका लागि फरक हुन्छ । कति क्यालोरी चाइन्छ भनेर छुट्टाएपछि कार्बोहाइड्रेट र सुगरलाई कन्ट्रोल गर्नुपर्ने हुन्छ । प्रोटिन, कार्बोहाइड्रेट, मिनरल्स, माइक्रो मिनरल्सहरु खाना र खाजामा मिलाउन सके राम्रो हुन्छ । जङफुड लामो समय स्टोर भएकाले कार्बोनेट पेय प्रदार्थहरुलाई बेवास्था गर्नुपर्छ । हामी प्रकृतिबाट टाढा हुदैछौं, जनावरहरु प्रकृतिसँगै छन् । हामी छुट्टै बसेका छौ प्रकृतिबाट बाहिर भएको कारणले पनि प्रकृतिसँग समय बिताउनुपर्छ । हिड्ने, शारीरिक व्ययाम गर्ने, पौडिने गर्नुपर्छ । रुटिन बनाएर यि अभ्यासहरु गर्नुपर्छ । यसो गर्दा हाम्रो शरीर प्राकृतिक रुपमा जाने र सन्तुलनमा रहने गर्छ । दैनिक ८ घण्टा कुर्सीमा बसेर काम गर्दा प्रत्येक एक घण्टा उठेर पाँच मिनेट कार्यलयमै घुमेर बस्न सकिन्छ । लामो समय एउटै कुर्सीमा काम गरियो भने पहिला कुर्सीलाई मोडिफाइ गर्नुपर्छ । बसाईलाई व्यवस्थापन गर्नसक्नुपर्छ । कुर्सी परिवर्तन गर्न सकिएन भने पिल्लोहरुको प्रयोग गर्नुपर्छ । कम्युटरमा काम गर्दा घाँटी तल झुक्यो भने टेबुल माथि गरेर काम गर्न सकिन्छ ।वास्तवमा कुनै न कुनै तत्वको कमीको कारणले हड्डी खिइने हुन्छ । भिटामिन ‘डि’ थ्री, भिटामिन ‘ई’ क्याल्सियस, मिनरल्सहरु शरीरमा कम भयो भने समस्या हुन्छ । प्रत्येक दिन घामको आवश्यकता हुन्छ । त्यसैले घरहरु घाम नलाग्ने ठाउँमा वा काममा व्यस्त भएको भएपनि समय मिलाएर घाममा बस्नुपर्छ । घाम एक्सपोज भइसके पछाडि सर्टेन थिङ्गसहरु हाम्रो शरीरमा जेनरेट हुन्छ । यो पार्टहरु हामीले मिनिमाइज गरेका छैन भने र्याल पदार्थ कम हुँदै जान्छ । त्यसपछि चाँही प्रत्येक सरफेसमा डिजनेसन हुँदै क्यान्टिलेजहरु खिइँदै गएर हामीलाई दुख्न जान्छ । तर त्यसलाई हामीले रि जेनरेट गर्ने मेकानिकल पावर पनि हुन्छ जसमा अलरेडि नै डिजिड भैइसकेको छ भने पनि हामीसँग एनआइएचएसमा हाम्रो रि जेनरेटिभ उपचार सुरु गरेका छौं । त्यसलाई प्लाजमा पिआरपि ट्रीटमेंट भन्छौं । त्यसमा आफ्नो रगत निकालेर फेरी रि जेनरेट गरेर स्पेसिभ पार्टमा हाल्दाखेरी क्यान्टिलेजहरु ड्यामिज स्टेकचर रि जेनरेट हुन सक्छ । हड्डिको समस्याहरु त जन्मिदा नै हुन्छ धेरैलाई । किनभने कुनै बच्चा जन्मिदा खुट्टाहरु बाङ्गो भएर पनि जन्मिएका हुन्छन् । ब्रेनमा अक्सिजनहरु नपुगेर हड्डिको समस्या हुन्छ । त्यसको सर्जिकल ट्रीटमेंट हुन्छ । नन सर्जिकल ट्रीटमेंट पनि हुन्छ ।यौन उमेरमा धेरै तनाव हुन्छ । सबै कुराहरु चिप गर्नुपर्ने हुन्छ । गुड फूड र स्लिप पनि भएन भने यौन उमेरमा धेरै पेनहरु हुने गर्दछ । त्यसबाट बनोलाइफिट भएको पाइन्छ । बच्चाको लागि पनि एउटै खाना र अरु ठूलो उमेर समूहको लागि पनि एउटै खाना हुँदा पनि बनोलाइफिटको समस्या देखिन्छ । फरक खानाहरु घरमा एज गु्रपको लागि बनायौं भने समस्याबाट मुक्त हुन्छौं ।प्यारालाइसिस हुने धेरै कारणहरु छन् । जसमा धेरै ट्राफिक दुर्घटनामा परेर पनि प्यारालाइसिस हुने गरेको छ । प्यारालाइसिस भइसकेपछि देखाउनुभयो भने लामो समयको फिजियोथेरापिको सहायताले विस्तारै प्रोगेसिभ भएको देखेका छौं । सरकारले हड्डिको रोगहरु भएका मानिसहरुको संख्या राख्यो भने ७० देखी ८० प्रतिशत मान्छेहरु हड्डि दुख्नेबाटै समस्यामा छन् । हड्डिमा समस्या देखियो भने डाइटमा मोटिफाई गर्ने गर्नुपर्छ । आफ्नो तौल बढी छ भने घटाउने र यसको लागि फिजियोथेरापी डाक्टरको सहायता लिनु पर्दछ । धेरै नै हड्डि दुख्ने छ भने सर्जिकल र ननसर्जिकल उपचार हुन सक्छ । यसमा धेरै एक्ससाइज गर्नुपर्ने हुन्छ । डाक्टरले एक्ससाइजहरु सिकाएको हुन्छ त्यसलाई फलो गरेर प्रत्येक दिन गर्नुपर्ने हुन्छ । त्यसरी नै हामीले ट्रीटमेंटलाई क्याटगोरी वाइज गर्न सकिन्छ । कुनै दुर्घटना भएर हड्डि नै टुक्रियो भने के मा फ्याक्चर भयो त्यो ट्रमा सिरिजमार्फत एक्सरे गरेर पूरै हेर्नुपर्छ । यदी डिसप्ले छैन भने प्लास्टर गरेर ट्रीटमेंट गर्न सकिन्छ । कुनै चाँही डिसप्लेस भैइसकेको छ भने त्यसलाई हामीले अपरेटिभ नगरीकन हड्डिलाई तानेर आफ्नो ठाउँमा समेत ल्याउन सकिन्छ । हड्डि काटेर मात्रै मिल्ने पनि हुन्छ त्यस्तो अवस्थामा मसलसहरु आएर बसिदिएको हुन्छ त्यसमा हामीले छुट्याउनुपर्ने हुन्छ । त्यस्तोबेला प्लेटहरु र वायरहरु पनि हुन्छ । त्यहि प्रयोग गरी ट्रीटमेंट गर्ने गर्छौं । हातमा छ भने वायरको टुप्पो बाहिर नै हुन्छ । सर्जरीको रुपमा लानु नपर्न नि सक्छ । त्यसलाई माइनरओटीमै निकाल्न सकिन्छ । यदि सानो हड्डि हो भने ईन्फेकसन भएको छ भने अलिकति पानी र रगत आइराख्यो भने त्यसले हड्डिलाई डिस्ट्रे गरिराखेको हुन्छ । यस्तो हुँदा हड्डिको ब्लड हुने क्यापासिटी हुन्छ त्यो बाहिर गएको हुन्छ । त्यस्तो अवस्थामा पुरै काम नगरेको अवस्था हुन्छ । होल्डबडी चेकअपमा हड्डि पर्दैन । हड्डि नदुख्दासम्म बिरामी नै आउनु हुन्न । रगतबाट पनि केही डिजिजहरु छन् । जस्तो आर्थराइटिजहरु हुन्छ । त्यसमा पनि धेरैवटा वोनहरुमा हाजोर्निहरुमा समस्या हुन सक्छन् । त्यसैले हामीले ब्लड पारामिटरहरु हेर्ने र रोक्न सक्छौं । खासगरी भिटामिन डि क्याल्सियमहरु धेरै कम भएको देखिन्छ । त्यसलाई मात्र हामीले ख्याल राख्यौं समस्याहरुको रोकथाम गर्न सक्छौं । चेतनामुलक कार्यक्रमहरु, भिडियोहरु, पहलयुक्त संगठनहरु इन्फेक्सनहरुमा काम गरेको छ । बच्चामा काम गरेको छ । र वोनमा काम गर्ने संस्था संगठन कम नै भेटिन्छ । एनजिओ, आइएनजिओहरु सायद वोनमा मसल्सहरुमा काम गर्ने संस्था नेपालमा कम नै छैन् । अन्य कुराहरु क्यानसरहरु जस्तै धेरैमा त भएको छ वोनमा भएको छैन् । वोनहरु जोइन राम्रो भएन भने केही पनि कामहरु हामीले गर्न सकिँदैन् । त्यसैले पनि त्यो एकदमै महत्वपूर्ण अंग हो । अब सायद धेरै वटा संगठनहरुले यो क्षेत्रमा पनि काम गर्नुपर्छ कि भन्ने मैले देखेको छु । अहिले विश्वमा धेरै वटा यस्तो संस्थाहरु पनि छन् । स्कोलियोसिससोसाइटी भनेर पनि छन् । नेपालमा पनि स्कोलियोसिस जागरुकता दिन भनेर प्रत्येक वर्ष पनि मनाउँछौं । जन्मजात रुपमा नै यसको कारणहरु अहिलेसम्म पत्ता लागेकामा चाँही इन्डोपेटिक कारण नै भन्छौं । विस्तारै बढ्दै गइसकेपछि अनि कुनै खेलहरु खेल्न गएपछि विस्तारै एङगलहरु परिवर्तन भएको पाइन्छ तर शारीरिक रुपमा बाहिर हेर्दा देखिँर्दैन् । बच्चाले मलाई दुख्यो भनेपछि एक्सरे गरेपछि बाङगेको देखिन्छ । यसमा केही सुत्रहरु छ । विरामीलाई धेरै दुखाई छ । एङगलहरु ४५ भन्दा बढि नै छ । उसको पोजेज साधारण देखिदैन् । अलि कुप्रेको देखिन्छ । अरु नर्मल बच्चाबच्ची भन्दा फरक देखिन्छ । एउटा स्वास्थ्य अवस्था अर्को शारीरिक रुप जसलाई पनि राम्रो देखिन मन हुन्छ । त्यसैले यदी ४५ डिग्रिभन्दा बढि छ भने त्यसको उपचार पनि हुन्छ । त्यसको लागि केही समय पर्खनुपर्छ । किशोर अवस्था पार गरेपछि अथवा किशोर अवस्थाको बीचमा हामीले सर्जरी गरेर पनि ठिक गर्न सकिन्छ । एनआईएचएसमा पनि हामीले खासगरी निवारक रुपमा नै काम गरिरहेको छौं । कुनै हाडजोर्नीको असाधारण अवस्थामा लिएर आउनुभयो भने आफ्नै रगत निकालेर रगतबाट औषधि बनाएर दिन्छौं । त्यसको केही फर्मुलाहरु हुन्छ ,त्यो गरिसकेपछि कुनै टिस्यूजहरु ड्यामेज भएको छ भने पुनःउत्पन्न गर्न सहयोग पुर्याउछ । त्यो सँग मेडिकेसन पनि हुन्छ । भिडामिन डि थ्रिजहरु हुन्छ । त्यो सँगसँगै प्रयोग गराइन्छ । जसमा सर्जरीमा जानुपरेन । हामीले अल्ट्रासाउन्ड मार्फत हेरेर हामीले उपचार गर्न सक्छौं । त्यो गर्यो भने,अझ लामो समय स्वस्थ रहन सकिन्छ । हड्डी मेरुदण्ड स्वास्थ्य भनेको एकदमै महत्वपूर्ण हुन्छ । पहिलाको बुढाबुढिहरुको खानपिन हेर्ने हो भने ,पूरै फरक पाईन्छ हाम्रो जस्तो फुडहरु हुँदैन् । प्रोटियुक्त खाना खाएर मेनटेन गरेको हुन्छन् ।विशेषगरी वोन हेल्थको लागि विशेष शिक्षा,तनाबहरु,सुताईहरु सबैमा अध्ययन गरेर जसले यो क्षेत्रमा काम गर्छन् । उनीहरुसँगै बसेर सहकार्य गरेर प्रोटोकल बनायौं भने पक्कै पनि हाम्रो देशमा जतिपनि समस्या छ । समाधान पनि गर्न सक्छौं । रोकथाम पनि गर्न सक्छौं । हाम्रो नेपालमा अनुसन्धानको काम चाँही धेरै कम हुन्छ । धेरै देशहरुमा गएर पढे मैले सबैभन्दा पहिला अनुसन्धान नै हुन्छ । डाटा वेसमा हुन्छ । यदी हामीले गरेको सबै काम डाटा वेसमा राख्न सक्यो भने अनुसन्धान हुन्छ । अनुसन्धानले भावि पुस्ताको लागि हाम्रो औषधि के हो ? रोकथाम के हो ?भन्ने कुरामा सहज गराउन सक्छौं ।...
15th April, 2025
Nepal News Bank
नेपालको सबै ठाउँमा प्रदूषण उस्तै छैन । विशेष गरेर काठमाडौं उपत्यकाविशेष जोखिमयुक्त छ । विश्वभरको वायू प्रदूषण मापनगर्दा काठमाडौं उपत्यका एक नम्बर सूचीमा परिसकेको छ । काठमाडौंमा एकदमै सानो र ठूला–ठूला पहाडले घेरेको ठाउँ भएकाले पनि केही जोखिम देखिन्छ । फराकिलो स्थान भएको भए हावा र जलवायुले पनि प्रदूषणलाई कम गर्ने अवस्था हुन्छ । तर उपत्यका सानो ठाँउ र जनघनत्व पनि धेरै भएकाले जोखिम बढी हुने गर्छ । यसका साथै सार्वजनिक र निजी सवारी साधनबाट पनि प्रदूषण बढेको देखिन्छ । सवारी साधनबाट आउने धुँवा प्रदूषणको प्रमुख कारण हो । सानो र गुम्म परेको काठमाडौं उपत्यकाको चारैतिरबाट वायुमण्डलले घेरेको हुनाले आकाशमा हुनुपर्ने ओजोन रेयर ग्राउन्ड तहमा बढने र जोखिमपनि बढ्ने गरेको पाइन्छ । त्यस्तै भक्तपुर र ललितपुरमा परम्परागत रूपमा संचालित इँटा कारखानाहरुबाट निस्किने धुँवाले पनि प्रदूषण बढाएको छ । त्यसबाहेक अन्य धेरै कलकारखानाबाट उत्पन्न हुने धुँवाले थप प्रदूषण गराएको पाइन्छ । त्यस्तै इनडोर र आउट डोर प्रदूषणहरू पनि हुन्छ । घरभित्र ग्यासहरु बाल्छौ, बाहिर अन्य प्रदूषण पनि हुन्छ । दुवै प्रदूषण मिसिने हो भने वायु झन विषाक्त हुन्छ । विभिन्न डिभाइसहरु पनि प्रयोग गर्छौ त्यसले पनि प्रदूषण हुन सक्छ । समग्रमा भन्ने हो भने पाँच किसिमको केमिकल वा ग्याँसहरूले वायु मण्डलको प्रदूषण हुन्छ । एउटा ग्राउन्डको ओजोन तह जुन वायोकेमिकल रियाक्सनले हुन्छ । यसले प्रदूषण बढाउँछ र त्यसले रोग लाग्नेको संख्या र मृत्युको संख्यापनि बढाउँछ । अक्सिजन ‘ओ थ्री’जुन माथिल्लो वायुमण्डलमा सूर्यको हानिकारक किरण पुथ्वीमा आउनबाट रोक्छ । अर्को पार्टीकुलेट म्याटर (पिएम) भन्छ यो सबैभन्दा महत्वपूर्ण कुरा हो । डब्लूएच्ओ, युरोप, अमेरिकाले निकालेको वायुको गुणस्तर जति छ त्यसको आधारमा वायुको प्रदूषण मापन गरिन्छ । एयर क्वालिटि इन्डेक्समा पार्टीकुलेट म्याटर कति छ त्यो हेर्छ । पिएम स्वास्थ्यको लागिझन् खतरनाक छ । पिएम भनेको साइजमा र घनत्वमा भर पर्छ । साइजहरु थुप्रै भएपनि सामान्यतया दुई भागमा विभाजन गरिन्छ । त्यो पनि सवारी साधन, कलकारखाना, आगलागीबाट निस्किने प्रदूषणबाट हुन्छ । पाँच वटा किसिमको भूमि ओजोन र अर्को पार्टीकुलेट प्रदूषण भयो त्यो भनेको साइज दुईवटा हुन्छ । एउटा २.५ भन्दा कममा इक्रोमिटरको भयो भने त्यो अलि बढि नै खतरनाक हुन्छ, स्वास्थ्यको दृष्टिकोणले र अर्को पिएमको १० भन्दा कम माइक्रोमिटर हुन्छ । त्यो बाहेक अर्को पनि आउँछ त्यो अल्ट्रा पिएमको पोइन्ट १ माइक्रोमिटर हो । यो झन् हानिकारक हुन्छ ।मानव स्वास्थ्यमा असरहाम्रो फोक्सोमा हावा सफा गर्ने नली हुन्छ । र नाकदेखि फोक्सोसम्म हावा जाँदा हावामा भएको धुलोहरु बाहिर फाल्ने शुद्धीकरण गर्ने प्रक्रिया हुन्छ । पाँच माइक्रोमिटरसम्मको धुलो शुद्धीकरण गर्न सक्ने क्षमता हुन्छ । तर पाँच भन्दा तल जति हुन्छ त्यो फोक्सोसम्म जान्छ । र २.५ भन्दा कम माइक्रोमिटर भयो अथवा झन् अल्ट्रा पोइन्ट एक भयो भने त्यसले फोक्सोलाई पनि नाघेर रगतमा जान्छ । रगतबाट अनेक अंगहरु मुटु, दिमागमा जान्छ र त्यसको असरले कालान्तरमा गएर शरीरको विभिन्न ठाँउको क्यान्सर हुने डर हुन्छ । जति सानो पार्टिकुलेट म्याटर प्रदूषण भयो, त्यती बढि स्वास्थ्यमा खतरा हुन्छ । यसका पनि दुई प्रकार छन् । एउटा तत्कालै गर्ने असर, अर्को दीर्घकालीन रुपमा गर्ने असर हो । तत्कालै गर्ने असर प्रायःजसो दिनहुँ भोगिरहेका हुन्छौं । जसले बाहिर धेरै समय बिताउँछ त्यसमा आँखा पोल्ने, चिलाउने, एलर्जी हुने, सास फेर्न गार्हो हुने गर्छ । दीर्घकालीन असर भनेको फोक्सोले शुद्धीकरण गर्न नसक्ने सानो माइक्रो मिटरको कण फोक्सोसम्म गएर असर गर्ने, रगत मार्फत पनि असर गर्ने गर्छ । यसबाट स्ट्रोकहरु आउने हुन्छ र क्यान्सरको खतरा पनि हुन्छ । तेस्रो भनेको कार्बन मोनोअक्साइड हो । यो पनि सवारी साधन, आगोहरूबाट नै आउँछ । यो एकदमै विषादियुक्त हुन्छ । यसले मृत्युको सम्भावना बढाउँछ । किनभने रगतमा जुन हेमोग्लोबिन हुन्छ, त्यसले शरीरको सम्पूर्ण अंगहरूलाई अक्सिजन दिने काम गर्छ । जब कार्बन मोनोअक्साइडको मात्रा गयो भने हेमोग्लोबिनले अक्सिजन बोक्न छाडेर कार्बन मोनोअक्साइड बोक्छ । जसले गर्दा सबै अंगहरु अक्सिजन नपाएर खराब हुने सम्भावना हुन्छ । यसले तत्कालै मृत्यु हुने सम्भावना पनि हुन्छ । तर यसले सबै व्यक्तिलाई समान असर गर्छ भन्ने छैन । मानिसको स्वास्थ्यअवस्था र उमेरमा पनि भर पर्छ । काठमाडौंको एकीयूआईबाट प्रमाणित हुन्छ । यस्तो उपत्यकाभित्र धेरै छ । बाहिर कम छ ।विकास हुँदै गएको देशमा सार्वजनिक सवारी साधनको व्यवस्था नहुँदा र निजी सवारी साधनको संख्या बढ्ने कारणले पनि प्रदूषण बढ्छ । अहिले हाम्रो अस्पतालहरूमा बिरामी भर्ना हुने दर हेर्ने हो भने प्रदूषणका कारण असर परेर भर्ना भएकाहरूको संख्या धेरै छ । बिरामीको संख्या बढेको छ । दम रोगका बिरामीहरू बढेका छन् । उनीहरू एकैछिन बाहिर निस्किए भने सिकिस्तै हुने गरेका छन् । यस्तो प्रदूषण बढ्दै जाने हो भने मृत्यु हुने सम्भावना १३ प्रतिशतले बढ्छ । खास गरेर पहिलादेखि दम, प्रेसर, मुटुको रोगी, स्ट्रोकको समस्या आइरहेका छन् । अन्य रोगहरूको जोखिमपनि बढिरहेको छ । प्रदूषण बढेका बेला यस्ता बिरामीहरू बाहिर हिँडडुल गर्न बढी खतरा हुन्छ । त्यसकारण दिनहुँ कति एक्यिूआइ छ त्यो हेरेर मात्रबाहिर जानुपर्छ । पाँच/छ वटा समूहलाई बढए खतरा हुन्छ । स्वस्थ मान्छेलाई पनि खतरा हुन्छ । तर बिरामी, बालबच्चा, वृद्धवृद्धा, गर्भवतीहरूलाई झन् बढी खतरा हुन्छ र मृत्युसम्मको सम्भावना हुन्छ ।कसलाई धेरै असर, कसरी जोगिने ?बाहिरको प्रदूषण घरभित्र जानबाट रोक्नको लागि झ्याल, ढोकाहरू बन्द गर्न सकिन्छ । तर बन्द गरेको घरमा आगो बाल्ने वा मट्टितेल सल्काउने जस्ता काम भने गर्नुहुँदैन । त्यसले झन इनडोर प्रदूषण बढाउँछ । बाहिरको प्रदूषण हावा लाग्यो भने, पानी पर्यो भने कम हुन सक्छ ।प्रदूषणबाट शरीरलाई जोगाउने हो भने सकेसम्म बाहिर हिँडडुल कम गर्नुपर्छ । अथवा पार्टिकुलेट म्याटरको अवस्था र एक्यिूआईलाई ध्यान दिनुपर्छ । दम बढ्ने खोकी लाग्ने, मुटुमा अप्ठ्यारो हुने, प्रेसर बढ्ने सम्भावना रहेकाले प्रदूषणबाट जोगिनुपर्छ । हामीले प्रयोग गरिरहेको सामान्यमास्कले पार्टीकुलेट म्याटरलाई फिल्टर गर्दैन । किनकी यो मास्कको साइज तीन माइक्रोमिटर जति हुन्छ । पार्टीकुलेट म्याटर २.५ भन्दातल छ भने त छिरिहाल्छ । त्यसैले यसले पाँच माइक्रोसम्म त कभर गर्छ । तर त्यो भन्दा तलको छ भने गर्दैन । त्यही भएर यस्तो बेलामा हामीले एन–९५ मास्क लगाउनुपर्छ । तर यो महंगो हुन्छ । दिनकै प्रयोग गर्न सम्भावना नहोला । त्यसैले खास लामो समयसम्म बाहिर रुमलिनु उपयुक्त हुँदैन । १५० देखि २०० सम्म छ भने झनै आउटडोरमा कम जानुपर्छ । तर इनडोरमा पनि धेरै ग्यास, मट्टितेल, काठ दाउरा बाल्ने गर्नुहुँदैन । २०० देखि ३०० सम्म छ भने झन यो धेरै अस्वस्थ हुन्छ । ३०० देखि ५०० सम्म त झन कुनै पनि बेला केहीपनि हुन सक्छ । त्यस कारण मृत्युको सम्भावना बढी हुने वा रोगले च्याप्न सक्छ । स्वस्थ्य मानिसलाई पनि च्याप्छ । रोगी र बढी जोखिम भएको उमेर समूहलाई त झनै च्याप्छ । स्वस्थ व्यक्तिलाई १५०–२०० मा गार्हो हुन्छ । १००–१५० मा जोखिम बढी भएकोलाई असर हुन्छ । त्यसैले बढी जोखिम उमेर समूहअनुसार हुने भएकाले एकदमै ख्याल गर्नुपर्छ । स्वास्थ्य मानिसले पनि बाहिर निस्कदा एन–९५ मास्क लगाएर निस्कियो भने दम बढ्दैन । बढ्दो प्रदूषणले छालाको एलर्जी हुने, आँखा पोल्ने त छँदैछ । अरू जोखिमहरू ह्दयघात, स्ट्रोक, फोक्सोको क्यान्सर आदी हुन्छ । अझ लामो समयसम्म प्रदूषण कायर रहयो भने क्यान्सर नै हुने जोखिम बढ्छ । दमको प्रकोपपनि धेरै बढ्ने गरेको छ । दाउरा बाल्ने अनि धुम्रपानका कारण दमका रोगी पनि धेरै हुन्छन् । विश्वव्यापी रूपमा अनुसन्धानहरूले के देखाएको छ भने वायु प्रदूषणका कारण सात मिलियनको वर्षेनी मृत्यु भइरहेको छ । दिनहुँ बढ्दो छ र नेपालमापनि जोखिममा पर्दै गइरहेको छ । अध्ययन अनुसन्धानवायु प्रदूषणबाट हुने मृत्यु दरबारे नेपालमा ठोस अध्ययन भएको छैन । तर विश्वव्यापी अवस्था हेर्दा नेपालको मृत्युदर बढी नै छ । हाम्रो औषत आयु घटेको साना अनुसन्धानहरूले भनिरहेका छन् । बाल मृत्युदर बढिरहेको छ । त्यसमा वायु प्रदूषण एक कारण हो । युनिसेफको तथ्याङअनुसार बाल मृत्युदर वायु प्रदूषणको योगदान महत्वपूर्ण देखाएको छ । विश्वव्यापी हेर्दा वायु प्रदूषणका विभिन्न कारणहरूले ४ देखि ७ मिलियन मानिसको मृत्यु हुने देखिएको छ । नेपालमा काठमाडौं वायु प्रदूषणको एक नम्बरमा परेपनि यसको पर्याप्त अनुसन्धान भइरहेको छैन । हामीले सम्रगमा हेर्दा सवारी साधन, उद्योगधन्दाबाट निस्केका धुवा, इनडोर प्रदूषण, आगलागी, वन डढेलोलाई नियन्त्रण गर्न सक्यौ सहज हुनसक्छ । स्वास्थ्य मान्छेले पनि मास्क लगाएर हिँड्नु उपयुक्त हुन्छ । यदी रोगी मानिसलाई रोगले झन च्याप्छ र सकेसम्म मास्क लगाउने र चाँडो भित्र जानुपर्छ । एक्यूआइको लेवल बढ्दै कहिले दुई सयदेखि तीन सय पनि पुग्छ । यस्तो समयमा बाहिर निस्कन कम गर्ने, मास्क लगाउने गर्नुपर्छ । नियन्त्रण गर्ने हो भने मुख्य कुरा भनेको प्रोडक्सन लेवलमा कम गर्ने हो । सवारी साधन प्रयोगमा पनि ध्यान दिनुपर्छ । भएका कलकारखान, इटा भट्टाहरूलाई पनि व्यवस्थित गर्नुपर्छ । वृक्षरोपण गर्नुपर्छ । इन्डोर पोलुसन कम गर्ने र सकेसम्म सवारी साधनलाई कम प्रयोग गर्ने, अत्यावश्यक परेमात्र नभए सार्वजानिक साधनको प्रयोग गर्ने र बाहिर निस्कदा लेबल हेरेर एन नाइन्टि–५ माक्सको प्रयोग गर्ने, नभए सर्जिकल मास्कको भएपनि प्रयोग गर्ने गर्नुपर्छ । प्रदूषणको समस्या भनेको प्राकृतिक समस्या पनि हो । काठमाडौंको कुरा गर्ने हो भने जनसख्या बढिरहेको छ । उद्योगहरू बढेका छन् । वृक्षारोपण कम छ । खेतीयोग्य जमिनमा घर बनाउँदै गइरहेका छन् । अहिले त प्रदूषणको नियन्त्रणको लागि प्राकृतिक रूपमा नै हो । पानी परेपछि, प्राकृतिक प्रोसेस छ । हावाले गर्दा खेरी पनि पोलुसनलाई कम गर्छ । तर दिगोपनमा अनुसन्धान गरेर सार्वजनिक सवारी साधनलाई प्रयोग गरेर व्यक्तिगत सवारी साधन प्रगोगलाई कम गर्न सकिन्छ । हाल प्रदूषण रोक्न व्यक्तिगत, प्राकृतिक रुपमा र उद्योगधन्दालाई नियन्त्रण गरेर गर्न सकिन्छ । दिल्ली र चाइनाले गरिरहेका छन् । सवारी साधनको रोटेसन गर्ने र नयाँ नीति ल्यायो भने पनि कम हुन्छ । सकेसम्म गाउँमा रोजगार र शिक्षाको विकास भए काठमाडौंलाई लोड पर्दैनथ्यो । क्यान्सरमा वायु प्रदुषणको पनि ठूलो भूमिका हुन्छ । त्यसैले धुम्रपान गरेर मात्र क्यान्सर हुने होइन । वायु प्रदुषणले सास नलीमा इन्फेक्सन हुने र फोक्सोमा क्यान्सर पनि हुन्छ । धुम्रपानले १० प्रतिशत क्यान्सरको सम्भावना रहन्छ । तर सबैमा यस्तो हुन्छ भन्ने चाँही होइन । तर यसले खतरा बढाउँछ । वास्तवमा फोक्सोको क्यान्सरमा पनि वायु प्रदूषणको योगदान छ । चुरोट जुनसुकै भएपनि खतरा उत्तिकै रहन्छ । भेप भनेको फेन्सी कुरामा मात्र हो । त्यसले पनि खतरा उत्तिकै बढाउँछ ।...
29th December, 2024
Reeta Shrestha
काठमाडौँ – आजको समयमा हरेक मानिसका लागि उसको व्यक्तित्व निकै महत्वपूर्ण हुन्छ। व्यक्तित्वलाई बर्करार राख्नका लागि हिजोआज मानिसहरुले धेरै कुराहरुमा ध्यान दिने गरेको पाइएको छ । सुन्दर देखिन र आफ्नो व्यक्तित्व झल्काउनका लागि खर्च गर्नेहरुको संख्या पनि बढ्दो नै छ । यसको बाबजुद पनि प्रदुषण, व्यस्त जीवनशैली, हेरचाहलाई निरन्तरता दिन नसक्नु, केमिकलयुक्त कस्मेटिक प्रोडक्टहरुको अत्याधिक प्रयोग, आदि जस्ता कारणले हाम्रो छाला तथा कपालमा प्रत्यक्ष रुपमा नै प्रभाव परिरहेको हुन्छ ।पछिल्लो समयमा कपाल झर्ने समस्या महिला पुरुष दुबैमा बढ्दो छ । नेपालमा मात्र नभई विश्वमा नै कपाल झर्ने समस्याबाट पिडित मानिसहरुको संख्या उल्लेखनिय छ । धेरै जसोले कम उमेरमा नै कपाल झर्नाले आत्मविश्वासमा कमी र धेरै अवसरहरु गुमाउनु परेको हुन्छ । विश्वमा व्यक्तित्व विकासका लागि गएिका थुप्रै आविष्कारहरुमध्ये हेयर ट्रान्सप्लान्टलाई अति नै प्रभावकारी मानिएको छ । सन् १९५० को दशकदेखि विश्वमा हेयर ट्रान्सप्लान्टको थालनी भएको पाइन्छ । नेपालका विभिन्न अस्पताल तथा पोलिक्लिनिकहरुमा हेयर ट्रान्सप्लान्टको सेवा पाउन सकिन्छ । त्यसैगरी हाल काठमाण्डौँको जमल विश्वज्योती मलको पहिलो तल्लामा रहेको Nepal International Health Services ( NIHS) मा अनुभवी डाक्टरहरुबाट हेयर ट्रान्सप्लान्टको सेवा उपलब्ध छ । हेयर ट्रान्सप्लान्टका बारेमा Nepal International Health Services ( NIHS) का डा.सन्जीव कुमार झासंग रीता श्रेष्ठले गरेको कुराकानी : हेयर ट्रान्सप्लान्ट भनेको के हो ?हेयर ट्रान्सप्लान्ट भनेको एक किसिमको सर्जरी नै हो जसमा टाउकोको कपाल झरेको भागमा अर्को पट्टीबाट कपाललाई निकालेर प्रत्यारोपण गरिन्छ । टाउकोको कपाल निकालिने भागलाई डोनर पार्ट भनेर चिनिन्छ । डोनर भागबाट जहिलेदेखि निकालिएको कपालका रेशाहरुलाई आवश्यकता अनुसार खाली भएको भागमा रोपेर फेरी कपाल उमार्ने प्रक्रियालाई हेयर ट्रान्सप्लान्ट भनिन्छ ।हेयर ट्रान्सप्लान्ट कसरी गरिन्छ ?हेयर ट्रान्सप्लान्ट एक साधारण सर्जरी हो । पहिलो चरणमा हेयर ट्रान्सप्लान्ट गर्न इच्छुक व्यक्तिको टाउकोको कति भागमा हेयर ट्रान्सप्लान्ट गर्ने त्यसको मापन गरिन्छ भने दास्रो चरणमा आवश्यक अनुसन्धान तथा जाँच गरी डोनर भागको पहिचान गरिन्छ । त्यसपछि लोकल एनेस्थेसियाको प्रयोग गरी हेयर ट्रान्सप्लान्ट गरिन्छ ।हेयर ट्रान्सप्लान्ट गर्न कति समय लाग्छ ?यसमा यति नै समय भन्ने निर्धारित हुदैन । हेयर ट्रान्सप्लान्ट गर्ने व्यक्तिको थोरै भागमा कपाल प्रत्यारोपण गर्ने हो भने थोरै र धेरै भाग गर्ने हो भने धेरै समय पनि लाग्न सक्छ ।हेयर ट्रान्सप्लान्टको साइड इफेक्टहरु छन् कि छैनन् ?हेयर ट्रान्सप्लान्ट प्रत्यारोपण प्रक्रिया हो । यसमा कुनै पनि खालको साइड इफेक्ट भने हुदैन । एउटा भागको कपाल निकालेर अर्को भागमा राख्ने सामान्य सर्जरी भएकोले यसमा कुनै पनि खालको साइड इफेक्ट वा नकारात्मक प्रभाव हुदैन । तर कोही कोहीको छाला सेन्सेटिभ छ भने अलि बढी ख्याल भने राख्नुपर्ने हुन्छ ।हेयर ट्रान्सप्लान्ट पश्चात के के कुरामा ध्यान दिनुपर्छ ?हेयर ट्रान्सप्लान्ट गरिसकेपछि डा. को सल्लाह अनुसार कपालको विशेष स्याहार गर्नुपर्छ । हेयर ट्रान्सप्लान्ट गरेको केहि समयमा रोपेको सबै कपाल फेरिन्छ त्यो समयमा आत्तेर कस्मेटिक प्रोडक्ट अथवा औषधिको प्रयोग गर्नु भने हुदैन। स्वस्थ जिवनशैली र खानपान गर्नाले र नियमित भिटामिन डि, भिटामिन बी १२, जाँच गर्ने, स्ट्रेसलाई कम गर्ने जस्ता कुराहरुमा विशेष ध्यान दिनुपर्छ ।हेयर ट्रान्सप्लान्ट कत्तिको खर्चिलो छ ?हेयर ट्रान्सप्लान्ट विदेशको तुलनामा नेपालमा निकै सस्तो छ । हेयर ट्रान्सप्लान्टको विभिन्न अस्पताल तथा पोलिक्लिनिकहरुमा आ आप्mनै सेवा सुविधा अनुसारको रेट भएतापनि अफोर्ड गर्न सकिने सर्जरीमा नै पर्छ । तर हाल काठमाण्डौँको जमल विश्वज्योती मलको पहिलो तल्लामा रहेको Nepal International Health Services ( NIHS) मा नयाँ वर्ष २०२५ को विषेश अफर सहित अनुभवी डाक्टरहरुबाट हेयर ट्रान्सप्लान्टको सेवा उपलब्ध छन् ।...
NIHS Clinic, located in Kathmandu, Nepal, is a leading healthcare facility offering a wide range of multispecialty services. Our clinic is dedicated to providing comprehensive medical care with a focus on patient-centered treatment. From general consultations to specialized care in various medical fields, we combine modern technology with expert medical professionals to ensure the highest quality of care for our patients.
If you have any questions or need help, feel free to contact with our team.
Bishwojyoti Mall, Jamal, Kathmandu, Nepal
© 2024 All Rights Reserved. With Love by NIHS. Powered By Slashplus Pvt Ltd Last Updated on 05/12/2025